Type to search

मुख्य समाचार समाचार

विश्वमा अमेरिकी साख सन् २००३ पछिकै कमजोर

Share

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेनको नारा दिइ रहे पनि विश्वमा अमेरिकाको साख खस्किएको विश्व सर्वेक्षणले देखाएको छ । अमेरिकी अनुसन्धान संस्था, प्यू रिसर्च सेन्टरले हालै विश्वका १३ देशमा गरेको सर्वेक्षणमा बाहिरी विश्वमा अमेरिकी साख सन् २००३ पछिकै कमजोर पाईएको हो ।

विश्वका सम्पन्न देश अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, ईटाली, जापान, नेदरल्याण्ड, दक्षिण कोरिया, स्पेन, बेलायतका नागरिक माझ सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा ४१ प्रतिसत बेलायतीले अमेरिका प्रति सम्मान व्यक्त गरेका थिए भने फ्रान्सेली र जर्मनमा अमेरिका प्रतिको सम्मान निकै कम थियो । ३१ प्रतिसत फ्रान्सेली र २६ प्रतिसत जर्मन नागरिकले अमेरिकाप्रति सम्मान व्याक्त गरेका थिए ।

अमेरिकाप्रतिको सम्मानमा कमी आउनुको कारण राष्ट्रपति ट्रम्पको व्यवहार रहेको बताईएको छ । ट्रम्पको असत्य कुरा मात्र बोल्ने, आप्रवासीप्रति अनुदार, जलवायु परिवर्तनप्रति उदाशीन, विश्व अर्थतन्त्रमा निकृष्ठ हस्तक्षेप र मध्यपूर्वमा अशान्ति फैलाउने व्यवहार जिम्मेवार रहेको सर्वेक्षणका सहभागीले बताएका छन ।

जनमत सर्वेक्षणमा विश्वका शक्तिशाली नेताहरुमा ट्रम्प सवैभन्दा कमजोर देखिएका छन । केवल १६ प्रतिसतले ट्रम्प प्रति विश्वास देखाएका छन भने सबैभन्दा बढी जन विश्वास जर्मन चान्सलर एन्जेला मार्केलको पक्षमा छ । ७६ प्रतिसतले उनीमाथि विश्वास रहेको बताएका छन् । जन विश्वास गुमाउनेमा रुसी राष्ट्रपति पुटिन र चिनी राष्ट्रपति सि पनि छन । उनीहरुप्रति क्रमशः ७३ प्रतिसत र ७८ प्रतिसत सहभागीले अविश्वास जनाएका छन ।

असत्य कुरा बोल्नेमा ट्रम्प विश्वका नेतामा अगाडी छन । उनले हजारौ पटक असत्य कुरा बोलेका छन् । फ्याक्टवा डट से ले गरेको अध्ययनमा ट्रम्पले डिसेम्बर १६ पछिको १० महिनामा ट्रम्पले फेक न्यूज शव्द दुई हजार पटक बोलेका छन । पहिलो पटक डिसेम्बर २०१६ मा फेक न्यूज शव्द बोलका ट्रम्पले सन २०१८ को पूवार्धमा सबैभन्दा धेरै असत्य कुरा बोलेका थिए । उनकै कारण सन २०१८ को सूरुका महिनामा गुगलमा फेक न्यूज शव्द सर्च गर्नेको ताती लागेको थियो ।

कोरोना र व्यापार जस्ता विभिन्न बाहनामा चीनसंग झगडा गरिरहने ट्रम्पको व्यवहारले पनि विश्व समदायमा उनको छवी नराम्रो बनेको हो । यस्तै सिरियाबाट अमेरिकी सैनिक हटाउने आफ्नै निर्णय लत्ताएर फेरी पाँचसय अमेरिकी सैनिक राख्ने निर्णय, अफगानिस्तानबाट सेना हटाउन नचाहनु र ईरानसंग सधै लडाई झगडा चाहने ट्रम्पको स्वभावले पनि उनी अलोकप्रिय मात्र भएनन विश्व समुदायमा अमेरिकाको साख पनि गिराएको सर्वेक्षणमा भनिएको छ ।

स्रोतः सर्वेक्षण, बिबिसी र एजेन्सीहरु

-यादवराज जोशी -इनेपालीसबाट

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *