Type to search

समाचार स्विस/प्रवास

युरोप क्षेत्रिय सम्मेलनको उद्घाटन मन्त्री भट्टराईले गर्दै

Share

-द्रोण रिजाल, नेदरल्यान्ड्स।
गैर आवासिय नेपाली संघको युरोप स्तरिय १३औ क्षेत्रिय बैठक, ११औ महिला सम्मेलन साथै बिज्ञ सम्मेलन अक्टुबर ३ र ४ तारिखका दिन हुने भएको छ। सेप्टेम्बर २४ तारिख अन्लाइन मार्फत पत्रकार सम्मेलन गर्दै युरोप सम्योजक नारायण आचार्यले उक्त सम्मेलनको तयारी र प्राथमिकताको बारेमा जानकारी गराएका हुन।

अक्टुबर ३ तारिखका दिन सम्मेलनको उद्घाटन पर्यटन तथा नागरिक मन्त्री योगेश भट्टराईले गर्ने र नेपाली काङ्रेसका सहमहामन्त्रि प्रकाश शरण महत, काङ्रेसका युवा नेता तथा पुर्व मन्त्री गगन कुमार थापा र नेकपा नेता गंगाधर तुलाधर ले सम्बोधन गर्ने तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

त्यसैगरी शिक्षाको बिषयमा आफ्ना धारणा राख्न शिक्षा मन्त्री गिरिराज मणी पोख्रेल, नागरिकताको बिषयमा प्रकाश पार्न नेपाली काङ्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजाल लाई सहभागिता गराइने र इमिग्रेसनको बिषयमा छलफल गर्न गृहमन्त्रिलाई सहभागि गराउन पहल भैरहेको र पररास्ट्र सचिब शंकर बैरागी समेत सहभागि हुने भएका छन।
गैर आवासिय नेपाली नागरिकता र भोटिङ अधिकारको बारेमा छलफल गरिने कार्यक्रमको सम्योजन गर्ने जिम्मा आई सि सि सदस्य सन्तोष जोशी(शुवास) र इमिग्रेसन सम्बन्धी छलफलका लागि आई सि सि सदस्य चिन्तामणी सापकोटा अनी गोर्खाज ईसुको बारेमा आई सि सि सदस्य योग कुमार फगनी र चन्द्र कुवर लाई कार्यक्रमको तयारी गर्ने जिम्मा दिईएको छ।

सम्मेलनमा अनुराधा कोइरालाले Women in Nepal बिषयमा , मनिषा कोइरालाले Power in Inerself बिषयमा, किरण बज्रचार्यले Women in Voilence बिषयमा र मिडियाकर्मी श्रेया पौडेलले Women in Power बिषयमा आ-आफ्नो धारणा राख्ने छन।

नेकपाकी महिला नेत्री राम कुमारी झाक्री सहित बिना उपाध्याय, रबिना थापा र गोमा लिम्बुको समेत सहभगिता रहने महिला कोअर्डिनेटर योगिता थापाले जानकारी गराएकी थिईन।

त्यसैगरि आई सि सि फोरम कोअर्डिनेटरमा युरोप सहसम्योजक कृष्ण तिमल्सिना, एन सि सि फोरम कोअर्डिनेटरमा युरोप सहसम्योजक मुक्त गुरुङ, महिला फोरम कोअर्डिनेटरमा योगिता थापा, युवा फोरम कोअर्डिनेटरमा जय कृष्ण ठाकुर, बिज्ञ कोअर्डिनेटरमा राजु अर्याल र मिडिया कोअर्डिनेटरमा युरोप सहसम्योजक शुक्रराज न्यौपाने र आई टि कोअर्डिनेटर शशी श्रेष्ठले आ-आफ्नो क्षेत्र बारेमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

सम्मेलन सफल बनाउन मिडियाको भूमिका अपरिहार्य रहेको भन्दै मिडिया समिती गठन गरिएको छ। जस्मा सम्योजक शुक्रराज न्यौपाने, सहसम्योजकहरुमा पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई र बेलायत शाखाका अध्यक्ष नरेश खपाङी मगर, उपसम्योजकहरुमा बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा र पोर्चुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्याल, सल्लाहकारहरुमा पत्रकार भागीरथ योगी र एन आर एन ए प्रवक्ता डि बि छेत्री रहेका छन भने सदस्य सचिबमा प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला रहेका छन। पत्रकार महासंघ युरोप शाखा, बेलायत शाखा, बेल्जियम शाखा, पोर्चुगल शाखा, प्रेस युनियन र एन आर एन मिडिया टास्कफोर्समा आबद्ध सम्पूर्ण पत्रकारहरुलाइ सदस्यको रुपमा राखिएको छ।

अक्टुबर ४ तारिख बिज्ञहरुको सम्मेलन हुने र डा. प्रभात खनालले कृषि बिज्ञानमा, डा. सुनिल कुमार शाह र डा. बोधराज सुबेदीले स्वास्थ्य तथा कोभिड १९ मा, डा. नबिन अर्याल र डा. रबी छेत्रीले उर्जा र बातावरणमा, ई. महेश कार्की र सुनिल सुवालले पुर्वाधार बिकासमा, र डा. चिरन्जिबी खड्काले प्राकृतिक बिज्ञानमा आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन। बिज्ञहरुको यो सम्मेलनले मात्रृभुमी नेपालका लागि घेरै अवसरहरुको सृजना गर्न सकिने र राष्ट्रका लागि योगदान दिन सकिनेमा आयोजक बिस्वस्थ देखिन्छ।

अहिलेको बिषम परिस्थितीमा भौतिक रुपमा सम्मेलन गर्न नसकिने अवस्था रहेकाले भर्चुयल माध्यम बाट सहभागि हुँदै सम्मेलन गर्नुपरेको ले सम्मेलनमा अत्याधिक सभागिता भई पूर्ण सफल बनाउन युरोप सम्योजक आचार्यले आह्वान गरेका छन।

मातृभुमीका लागि सिप र ज्ञान, युवा तथा महिला आवाजका लागि हाम्रो अभियान “ स्लोगनका साथ हुन लागेको युरोप सम्मेलनलाई उत्सुकताका साथ लिइएको छ।
पत्रकार महासंघ युरोप शाखाले उक्त भर्चुयल सम्मेलनलाई आफ्नो फेसबुक पेज मार्फत लाइभ गर्ने अध्यक्ष केजिन राईले जानकारी गराएका छन।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *