Type to search

मुख्य समाचार समाचार

कोरोनाका संक्रमित २४ लाख बढि

Share

पोखरा, ८ बैशाख / कोरोना भाइरस (कोभिड १९) विश्वभर संक्रमितको सख्या २४ लाख ७ हजार २ सय ८२ पुगेको छ । कोरोनाका कारण विश्वभर १ लाख ६५ हजार ४९ मृत्यु भएको छ भने ६ लाख २४ हजार ९ सय ४८ जनाको निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसका कारण १ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४० हजार ५ सय ५३ जनाको मृत्यु भएको हो । अमेरिकामा ७ लाख ६३ हजार ८ सय ३२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिका पछि स्पेनमा १ लाख ९८ हजार ६ सय ७४ जना संक्रमित भएको छ भने २० हजार ४ सय ५३ जनाको मृत्यु भएको छ । त्यस पछि इटली, फ्रान्स, जर्मनी, बेलायत क्रमस संक्रमितको सख्यामा छन् । भारतमा आइतबार ३८ जनाको मृत्यु भएको छ अहिले सम्म भारतमा ५ सय ५९ पुगेको छ ।

संक्रमितको सख्या १७ हजार ६ सय १५ पुगेको छ भने आइतबार मात्रै १ हाजर २ सय ५० संक्रमित थपिएका छन् । भारतमा संक्रमित बढ्दै जादाँ नेपालमा समेत त्रास बढेको छ । नेपालमा अहिले सम्म ३१ जना संक्रमित भेटिएका छन् भने ति मध्ये ४ जना निको भएर घर फर्किएका छन् । नेपालमा भएका संक्रमित मध्ये १४ जना भारतीय नागरीक छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *