Type to search

समाचार स्विस/प्रवास

हाप्पी बर्थ डे स्विट्जरल्यान्ड

Share

आज १ अगस्ट,स्विट्जरल्यान्डको जन्म भएको दिनलाइ स्विस नागरिकहरुले हर्सोल्लासका साथ मनाउदैं छन्। सन १८९१ देखि आजको दिनलाइ स्विट्जरल्यान्डले राष्ट्रिय दिबस घोषणा गरेर मनाउन सुरु गरेको हो। सन् १२९१ मा तिन क्यान्टोन (प्रदेशहरु) उरी ,स्वाइज र उन्टरवाल्देनले एतिहासिक सहमति गरि एकबद्ध भइ सामुहिकरुपमा मिलेर जाने फैसल्ला गरे पछि आजको दिन स्विट्जरल्यान्डको जन्म भएको इतिहासमा पाइन्छ।


१२९१ को सुरु तिर मुख्य तिन क्यान्टोनहरुले आपसमा समझदारी गरि एक अर्कालाइ साझा सहयोग र भाइचारा बढाउने र मुख्य रुपमा तत्कालिन हम्बुर्गरहरुको बिस्तारबादी कदम बिरुद्ध एक भै मुकाबिला गर्ने सहमति गरिएको थियो।


आजको दिनमा स्विस भरि हर्सोल्लासका साथ आतसबाजी गरिनुका साथै संघिय राज्य स्विट्जरल्यान्डका रास्ट्रपतिद्वारा स्विट्जरल्यान्डका आधारभूत मान्यता र सिदान्तहरुको बारेमा रेडियो तथा टेलिभिजनबाट सम्बोधन गर्ने छन्। राष्ट्रिय दिबसका अवसरमा सामुदायिकरुपमा गरिने विभिन्न कन्सर्टहरु,खेलकुद लगाएतका प्रतिस्प्रधात्मिक कार्यक्रमहरु भने को – विड १९ (covid-19 ) का कारण स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *