Type to search

मुख्य समाचार समाचार

नागरिकता बिधयेक विरुद्ध राप्रपा नेपाल सम्बद्ध विद्यार्थीको राँके जुलुस

Share

काठमाडौं । संसदबाट पास गरिएको नागरिकता बिधयेकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ । मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथी गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले बिरोध जनाएका हुन् । अहिले साँझ नागरिकता विधयेकको बुदाँहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित बिपरित भएको  बिरोधमा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले राँके जुलुश प्रदर्शन गरेका छन् । नागरिकता संबेदनसिल बिषय भएको मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्वसङ्ग गासिएको बिषय भएको भन्दै  विद्यार्थी  संगठनले संसदबाट पास गरिएको नागरिकता बिधयेकको बिरोध गरेको संगठनला अध्यक्ष चेतराज सिंहले बताए । बिबाह गर्ना साथ कुनैपनी बिदेशिले तत्काल नागरिकता पाउने नीति संसारमा कहि नभएको भन्दै विद्यार्थी नेताहरुले आक्रोश ब्यक्त गरे । सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा बिमति नभएको तर बिदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाढ्ने बिषय अस्वीकार्य भएको नेताहरुले बताएका छन् । सत्ता र स्वार्थ पुर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरुलाई जनताले दण्ड दिनुपर्ने उनिहरुको धारणा छ । बिबाह गरेर आएकाहरुलाई समय सिमा नतोकी धमाधम नागरिकता बाढ्न नहुने प्रदर्शनकारिहरुको माग रहेको संगठनका सदस्य सचिब त्रीबिक्रम सिंहले जानकारी दिए  । किर्तिपुर क्षेत्रमा राँके  जुलुस प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *