Type to search

मुख्य समाचार समाचार

टेकु अस्पतालमा पीसीआरका लागि अव्यवस्थित भीड उस्तै (तस्बिरहरु)

Share

सुलभ श्रेष्ठ (देश सञ्चारबाट)

काठमाडौँ – काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआरका लागि मानिसहरुको भीड घट्न सकेको छैन।

कैयौँ दिनदेखि मानिसहरु सामाजिक दूरीको समेत पालना नगरी अव्यवस्थित रुपमा पीसीआरका लागि लामबद्ध बनेको दृष्य टेकु अस्पतालमा दिनहुँ देखिन्छ।

सरकारले परीक्षण पद्धतिलाई व्यवस्थित पार्ने बताए पनि दैनिक हजारौँ मानिसहरु स्वास्थ्य मापदण्डको समेत पालना नगरी निशुल्क पीसीआर परीक्षणका लागि टेकु अस्पतालमा लाइन लाग्ने गरेका छन्।

बिहान ३ बजेदेखि नै मानिसहरु पीसीआरका लागि लाइन लाग्न आउन गरेका छन्।

मानिसहरुको भीडभाड भए कोरोना संक्रमणको जोखिम झन बढ्ने भएपनि टेकु अस्पताल परिसरमा पीसीआरका लागि लाग्ने ठेलमठेल भीडलाई सरकारले व्यवस्थित पार्न सकेको छैन।

काठमाडौँमा घरनीहरुले कोठामा बस्न पीसीआर नेगेटिभ रिपोर्ट माग्न थालेपछि पीसीआर परीक्षणका लागि लाइन लाग्नेहरुको संख्या बढेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *