Type to search

मुख्य समाचार

९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

Share

काठमाडौँ, भदौ १२ । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमित १६ हजार १९ रहेको छ । हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन् ।

काठमाडौं उपत्यका ४१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १९५ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *