Type to search

मुख्य समाचार

३४ लाख डोज कोरोना खोप आउदै

Share

काठमाडौं । नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज कोरोना विरुद्धको खोप आईपुग्ने भएको छ ।चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो ।

यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । चिनबाट सिनोफार्मको पहिलो खेप यही असार २५ गते काठमाडौं आइपुग्नेछ ।

यस्तै साउन १ गते र ८ गते थप दुई खेप खोप काठमाडौं भित्रिनेछ । स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ ।

यसअनुसार तीन खेपमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ । बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई उडान हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *