Type to search

मुख्य समाचार

२९ हजार ५ सय बढीको गरियो कोरोनाको परीक्षण, संक्रमित ३१ मा ४ जना भए उपचारपछि निको

Share

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसबाट संक्रमित अर्का एकजना पनि उपचारपछि निको भएका छन् ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष उपचारपछि निको भएकाले आज (आइतबार) डिस्चार्ज गरिएको जानकारी दिए ।

डा. देवकोटाले नेपालमा अहिलेसम्म २९ हजार ५६७ वटा कोरोना भाईरसको परीक्षण गरिएको जानकारी दिए । डा देवकोटाका अनुसार पीसीआर ८ हजार ८१ र आरडीटीबाट २१ हजार ४ सय ८६ वटा परीक्षण गरिएको हो ।पछिल्लो २४ घण्टामा २१ सय ६८ जनाको नयाँ आरडीटी परीक्षण गरिएको जानकारी दिँदै उनले सबै जिल्लामा आरडीटीबाट परीक्षण भइरहेको बताए ।

डा देवकोटाले हालसम्म देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा र १०३ जना एकान्तवासमा रहेको पनि जानकारी दिए । डा देवकोटाका अनुसार उपत्यकामा पाँच र उपत्यका बाहिर ९८ जना गरी १ सय ३ जना आइसोलेसनमा छन् ।

डा देवकोटाले सेती अस्पतालमा उपचार गरिरहेका २१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरी घर पठाइने बताए ।यो संगै नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकामा चार जना निको भएका छन् । यसअघि संक्रमित मध्ये तीन जना उपचारपछि आ–आफ्ना घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *