Type to search

मुख्य समाचार

हवाई उडानको रोक जेठ २ गतेसम्म लम्बियो

Share

काठमाडौं, वैशाख १३ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले यसअघि वैशाख १८ गतेसम्म उडान बन्द गर्ने निर्णय भएकोमा त्यसलाई १५ दिन बढाइएको जानकारी दिए ।

उच्चस्तरीय समितिले ‘लकडाउन’को अवधि के गर्ने भन्ने विषयमा भने निर्णय लिन सकेन ।बैठकमा लकडाउन प्रभावकारी भएको निष्कर्ष निकालिएको र वैशाख १५ गतेपछि के गर्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद्लाई दिइएको उनले बताए ।

आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *