Type to search

मुख्य समाचार

सेनाका पृतनापतिलाई कोरोना संक्रमण

Share

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापतिलाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त पृतना सिल गरिएको छ ।पृतनापति उपरथी र एक चिकित्सकमा संक्रमण पुष्टि भएपछि पृतनाको ब्यारेक नै शील गरी उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी गरी परीक्षण थालिएको छ ।

संक्रमित दुवै जनालाई काठमाडौं ल्याई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा राखी उपचार थालिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

संक्रमित चिकित्सक नेपाली सेनाकै चिकित्सक रहेको र उनी प्रदेश नम्बर २ का विभिन्न जिल्लामा पुगेर स्वाब संकलनमा खटेको पाइएको छ ।पृतनापति पनि उनै चिकित्सकसँग नियमित भेटघाट र हिँडडुलमा रहेकाले चिकित्सकबाटै पृतनापतिलाई पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।सिल गरिएको पृतनामा २ हजार सैनिक रहेका छन् भने उनीहरु सवैको कोरोना परीक्षण गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *