Type to search

मुख्य समाचार

सुनको मुल्य अहिलेसम्मकै महँगो

Share

काठमाडौं, २५ जेठ । झन्डै तीन महिनापछि नेपालमा तोकिएको सुनचाँदीको मुल्य अहिलेसम्मकै महँगो दरको छ ।

लकडाउन लागू भएपछि ११ चैतपछि सुनचाँदीको मुल्य तोकिएको थिएन । आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणअनुसार  सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

१० चैतमा ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढिरहेको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ । चाँदीको आजको मुल्य ९२५ रुपैयाँ छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८४ अमेरिकी डलर आसपास छ । साढे २ महिनाअघि प्रतिऔंस १ हजार ४८४ अमेरिकी डलर आसपास थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *