Type to search

मुख्य समाचार

सरकारको नीति तथा कार्यक्रम बहुमतद्धारा पारित

Share

काठमाडौँ, ६ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव राखेका थिए । संशोधन प्रस्ताव फिर्ता लिन सभामुख अग्नि सापकोटाले समय दिएका थिए ।

तर संशोधन प्रस्ताव फिर्ता नभए पनि उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रधानमन्त्री ओलीले पनि नीति तथा कार्यक्रम सर्वसम्मत बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *