Type to search

मुख्य समाचार

संक्रमितको संख्या ६ हजार २११ पुग्यो

Share

काठमाडौँ, १ असार । नेपालमा थप ४ सय ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यससँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो ।

सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ ।

त्यसैगरी, सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रायलले जनाएको छ । यससँगै कोरोना जित्नेको संख्या १ हजार ४१ पुगेको छ । जसमध्ये ९३७ पुरुष र १०२ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *