Type to search

मुख्य समाचार

विदेशमा रहेका श्रमिक नेपालीलाई स्वदेश फर्काइने

Share

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका श्रमिक नेपालीलाई स्वदेश फर्काइने बताएका छन् ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासहित विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने बताएका हुन्।

“विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीलाई सरकारले समयमै उद्धार गर्छ,” प्रधानमन्त्री ओलीले भने । उनले समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै विदेशमा रहेका श्रमिकलाई फर्काउने काम छिट्टै शुरु गरिने बताएका छन्।

सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा यसमा निश्चित रहन सबैलाई आश्वस्त तुल्याएका छन् ।

नेपालीहरु ठूलो संख्यामा रहेका देशका सरकार प्रमुखसँग आफूले नेपालीको सुरक्षाका विषयमा कुरा गरेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालीलाई सहयोग गर्ने आश्वासन सम्बन्धित सरकार प्रमुखबाट पाएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *