Type to search

मुख्य समाचार

लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय,विमानस्थल १३असारसम्म बन्द गर्ने

Share

सरकारले  यही २० जेठमा सकिने बन्दाबन्दीलाई ३२ जेठसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

रातोपाटीका अनुसार यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरू रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको पनि ती मन्त्रीले जानकारी गराए ।

त्यसरी विदेशबाट नेपाल ल्याएकालाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *