Type to search

मुख्य समाचार

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

Share

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दीलाई १० दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक र बढ्दो संक्रमणको अवस्थालाई मध्येनजर गरेर १० लम्बाएको एक मन्त्रीले जानकारी दिए ।

यस अघि सरकारले घोषणा गरेको बन्दाबन्दीको समय भोली सोमबार सकिँदै छ । १० दिनको समय थप गर्दा २५ वैशाषसम्म बन्दाबन्दी जारी रहने छ ।

शनिवार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले एक हप्ताका लागि बन्दाबन्दीको अवधि थप्ने  निर्णय गरेको थियो । बन्दाबन्दीले संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याएको निष्कर्ष निकाल्दै परिस्थितिलाई मध्येजनजर गरेर समयावधि थप गर्नु उच्चस्तरीय समितिले सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *