Type to search

मुख्य समाचार

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय

Share

काठमाडौं, बैशाख २४ । सरकारले बन्दाबन्दी अर्थात् लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो ।अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।

मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो । त्यसयता पटक पटक थपिएको बन्दाबन्दीको समय यही बैशाख २५ मा सकिँदै थियो ।

बन्दाबन्दी लगातार लम्ब्याउँदा देशको आर्थिक अवस्था निकै जर्जरबन्दै छ भने नागरिकहरुमा थुप्रैं समस्या आउन थालेको छ । कमजोर आर्थिक अवस्था भएकाहरुलाई खानकै समस्या भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *