Type to search

मुख्य समाचार विचार

यस्तो संकटको बेलामा जो सग जे छ आपसमा बाडेर खाऔ विवाद नगरौ- पेशल कोईराला

Share

-भोला लामिछाने,
बिगत लामो समय देखी बार्सिलोनामा बसी प्रवासी जिवन बिताउदै आफ्नो कर्म गर्दै आएका पेशल कुमार कोईराला आफुले सकेको समाज सेवालाई समेत निरन्तरता दिँदै आएका छन् ।कोरोनाले विश्वमा माहामारी फैलिरहेको अवस्थामा सबै पिडीत हुनहुन्छ यसमा पनी लक डाउनका कारण दैनिक काम गरेर आफ्नो र परिवारको गुजारा चलाउने समुदाय निकै नै पिडामा हुनुहुन्छ म बसेको ठाउ बार्सिलोनामा बिगत १ महिना देखी लक डाउन गरिएको छ यसरी नै लक डाउन बढ्दै जाने भए यसले यहा रहेका नेपाली समुदायमा पनी निकै असर पर्नेछ । यसकारण अफ्ठ्यारो परेको बेलामा जो जससग जे छ सम्भव भएसम्म बाडिचुडी खाउ र जसले सक्छ सकेको सहयोग गरौ मेरो तर्फबाट १५३ यूरो बराबर हुने ६ बोरा चामल जसलाई अफ्ठ्यारो छ दिनुहोला र यो मेरो सानो सहयोग हो स्पेनमा रहनु भएका नेपाली दाजुभाई हरूका लागी घरमै गएर राहत दिनुभएको रहेछ निकै खुसी लाग्यो सर यसको कृपया समाचार नबनाई दिनु होला भन्दै कोईरालाले हाम्रो नेपाल हामी नेपाली संस्थालाई सम्पर्क गरे ।

कोईरालाको उक्त राहत आजै स्पेनको भ्यालेन्सीयामा रहेका ३ जना नेपाली तारागोनामा रहेका १ जना नेपाली म्याड्डीडमा रहनु भएका १ जना र बार्सिलोनामा १ जना गरी ६ जनाले पाईसकेका छन् । बार्सिलोनामा रहनु हुने नेपालीले घरमै २५.५० यूरो मुल्य बराबरको १५ के जी चामल पाउनु भएको छ भने बाहीर रहनुहुने ५ जनाले प्रत्यकले २५.५० यूरो को दरले बैक खातामा नगद पाउनु भएको छ , उहाहरूले आवश्यक परेको खाद्यान्न ख़रीद गरी उक्त रक़म २५.५० यूरो बराबरकै बिल पेश अनिवार्य गर्नु पर्ने हुन्छ ।

बिभीन्न संघ संस्थामा आबद्ध कोइरालाले समाजसेवा गर्न कुनै संस्थामा नै लाग्नै पर्दैन भन्नी मान्यता पनी राख्छन् र सहयोग बाहीरबाटै गर्न सकिन्छ यदी कोही संघ संस्था मै आवद्द हुनु हुन्छ भने पनी सहयोग गर्न सकिन्छ महत्वपूर्ण कुरा बोल्नी भन्दा पनी पहिला काम गर्नु पर्छ भन्ने बताउने उनले बिदेशमा नेपालीहरू एकजुट भएमा जस्तो सुकै अफ्ठ्यारो अवस्था आई परेपनी समस्याहरू समाधान गर्न सकीन्छ भन्ने मान्यता राख्छन्।

बिभीन्न संचार माध्यम लगायत फोन म्यासेज मार्फ़त स्पेन भित्र र बाहीर बाट समेत पिडित नेपाली दाजुभाई दिदीबहीनीहरूले राहतको लागी सम्पर्क गरिरहनुभएको छ । तपाईहरूको डिटेल्स हामीले अध्यावधीक गरेका छौ थप सहयोग आउने बित्तीकै सम्पर्क गर्ने छौ । साथै केहीले नक्कली (फेक ) फ़ेसबुक आई डी बनाई म्यासेन्जरमा स्यासेज पठाएर राहत को लागी माग गर्ने र सम्पर्क गर्दा नबोल्ने मोबाईल नम्बर माग्दा उपलब्ध नहुने अनी केही ले सम्पर्क भएर घरको लोकेसन दिने दुख मात्र दिएर मान्छे गायव हुने गरेका छन् , अनी सामाजीक संजालमा राहतको बारेमा नानाथरी कमेन्ट गर्दै नेपाली समुदायमा भ्रम फैलाउने ।एकले अर्काको छुस्की लगाउने, कसैले खुसीले राहत उपलब्ध गराउछु भन्दा भिख मागेको भन्दै नानाथरी गालीगलौच गर्ने अनी नेपाली समुदायका अगुवाहरू भन्ने बाटै राहत वितरण त परै जाओस यसको राहत वितरण ठिक उसले गरेको बेठीक भनेर घरमै सुती सुती स्टाटस मात्र लेख्ने एउटा पार्टीको झोले कार्यकर्ता भए भन्दैमा सबैलाई त्यस्तै सोच्ने, राहत बितरणमा खटिनेहरू बिच बिभीन्न थरीका बादबिबाद उत्पन्न गराएर रोक लगाई निराशा छर्ने आफु सिन्को नभाच्ने , राजनितीक गुट उपगुटमा समाजलाई विखन्डन गराई सोझा नेपालीलाई विवादमा ल्याउने प्रमाण हरू हामीसग आएकोले यसबाट सबै सर्तक र सजक रहनुहुन नेपाली समुदायलाई अनुरोध गर्दछौ । यिनीहरू नेपाली समाजका कलंक हरू हुन् । यस्ता कलंकहरू संग हामीहरू कानुनी रूपमा पनी लड्न अघी बढ्नु पर्छ र बढ्नेछौ , बढिरहेका पनी छौ ।अहिले समय छ सकेसम्म यस्ता खराब ब्यक्तीहरू लाई सामाजीक बहिस्कार गरौ । टाढा बसौ । यो पिडाको समयमा यस्ता कुराहरू सुन्दा समाज झन खिन्न हुन्छ , कृपया नेपाली समुदाय एक हौ कसले सहयोग गर्ने नगर्ने भन्दा पनी मैले आजका मिती सम्म कती सहयोग गरे आफै मुल्याड्कन गरौ र कतीले राहत पाए पाएनन् , नेपाली समुदाय कहा कहा पिडामा छन् र आगामी दिनहरूमा घरभित्र थुनिने समय लम्बिदै जाने हो भने यसले बिकराल स्थिती ल्याउन सक्छ यहा खान नपाएर मान्छेले मान्छे नै खान पनी बेर लाग्दैन यो बारेमा बहस गरौ । यो बेला सबै मिलेर सहयोगी मनहरू सबैलाई सम्मान गर्न सिकौ । पेशल कोईराला जी लाई पनी सलाम ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *