Type to search

मुख्य समाचार

भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्ने नियत स्पष्ट : माधव नेपाल

Share

काठमाडौं, असार ७ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत पार्टी बचाउन प्रयास गर्दा आफूलाई आफ्नो कमजोरीको रूपमा हेरिएको बताउनुभएको छ ।

कर्णाली प्रदेशका सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि पार्टी अध्यक्ष केपी ओली फेरि भ्याकेटमा जाने निर्णय गरेर पार्टीलाई एकता भंग गर्ने दिशामा लगेको बताउनुभयो । उहाँले ओली पक्षको दोहोरो चरित्रले विभिन्न शंका उब्जाएको पनि बताउनुभयो ।

‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो,’भन्नुभयो ।

उहाँले अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्त्वहरूसँग सावधान हुन पनि आग्रह गर्नुभएको छ ।

‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्त्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ ( सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्त्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *