Type to search

मुख्य समाचार

ब्राजिलमा कोरोना संक्रमित दश लाख नाघे

Share

काठमाडौं, असार ६ । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । ब्राजिल दश लाख सक्रमित पुग्ने दोस्रो देश हो ।

त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघ्दा मृतकको संख्या ४९ हजार कटेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएको जनाइएको छ । यही गतिमा बढेमा ब्राजिलले अमेरिकालाई पनि उछिन्ने अनुमान गर्न थालिएको छ ।

संसारभर भने ४ लाख ६२ हजारभन्दा बढी मानिस कोरोनाका कारण ज्यान गुमाउन बाध्य भए । सबैभन्दा बढी अमेरिकामा १ लाख २१ हजारको मृत्यु भएको छ ।

संसारभर संक्रमितको संख्या साढे ८७ लाख कटेको छ । अमेरिकामा मात्र करिब २३ लाख मानिस संक्रमित बनेका छन् ।

तेस्रो स्थानमा रहेका रुसमा ५ लाख ६९ हजार संक्रमित भएका छन् । त्यहाँ मृतक भने ७ हजार ८ सय रहेका छन् । संक्रमितको दृष्टिले भारत चौथो स्थानमा रहेको छ । त्यहाँ संक्रमित ३ लाख ९५ हजार र मृतक करिब १३ हजार पुगेका छन् ।

बेलायतमा ३ लाखभन्दा बढी संक्रमित र मृतक साढे ४२ हजार पुगेका छन् । स्पेनमा संक्रमित २ लाख ९२ हजार र मृतक २८ हजार नाघेका छन् । पेरुमा संक्रमित २ लाख ४७ हजार र मृतक ७ हजार ६ सय नाघेका छन् ।

इटालीमा २ लाख ३८ हजार संक्रमित र मृतक साढे ३४ हजार पुगेको छ । मेक्सिकोमा २० हजार मानिसको मृत्यु भएको छ । फ्रान्समा साढे २९ हजार व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *