Type to search

मुख्य समाचार

बलिउडका अभिनेता ऋषि कपुरको निधन

Share

१८ वैशाख / बलिउडका अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित रहेका ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या रहेको उनका आफ्न्तले बताए । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । बुधबार मात्रै बलिउडका अर्का कलाकार इरफान खानाको क्यान्सरबाट मृत्यु भएको थियो ।
ऋषि कपुर अभिनेता राज कपुरको छोरा हुन् ।

उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए । उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *