Type to search

मुख्य समाचार

फिक्सिङको अभियोग लागेका खेलाडीले पाए सफाइ

Share

काठमाडौँ, २ असार । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीलाई सर्वाेच्च अदालतले सफाइ दिएको छ ।

अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गरेको हो । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले एन्फाका खेलाडी, प्रशिक्षक लगायतमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा चलाइएको थियो ।

तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् । उनीहरुको आरोप प्रमाणित भएको भए १० वर्षसम्म कैद सजाय हुन सक्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *