Type to search

मुख्य समाचार

नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतगणना सुरु

Share

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भई मतगणना सुरु भएको छ। महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन। वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भएको मतदानमा शतप्रतिशत नै मत खसेको निर्वाचन समितिले जनाएको छ।

वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूह नै बनाएर निर्वाचनमा उत्रिएका छन्। निर्वाचन समितिले मतगणना सुरु भएको जनाएको छ। निर्वाचन समितिका अनुसार मतगणना सुरु भएकाले आजै अबेरसम्म मत परिणाम आउन सक्नेछ।

महासङ्घमा वस्तुगततर्फ १०१, जिल्ला/नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका छन्। महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो।

महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए। कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्।

महासङ्घको वरिष्ठ उपाध्यक्षका ढकाल र प्रधान समूह नै बनाएर उम्मेदवारी दिएका हुन्। वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योतिले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *