Type to search

मुख्य समाचार

नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण

Share

काठमाडौं: नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको छ। संक्रमित जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश ५ का प्रवक्ता रोशन लाल चौधरीले जानकारी दिएका छन्।

चौधरीका अनुसार उनी जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत नर्स हुन्।

बैशाख २७ गते शनिवार उनको थ्रोट स्वाब संकलन गरिएको थियो। उनीसहित अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचारमा अग्रपकंतिमा खटिँदै आएका पाँच जना स्वास्थ्यकर्मीहरुको स्वाव संकलन गरिएको थियो।

‘आज स्वास्थ्य मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्दा उनको पोजेटीभ आएको हो,’ अस्पतालका कोरोना सम्बन्धि सम्पर्क व्यक्ति कुमार गिरीले भने। अन्य चार जना स्वास्थ्यकर्मीको भने नेगेटीभ रिपोर्ट आएको छ।

गिरीका अनुसार ती नर्सको स्वास्थ्य अवस्था सामान्य रहेको छ। आज रिपोर्ट आउनासाथ उनलाई जानकारी गराइ आइसोलेसनमा राखिएको छ। अस्पतालका सबै कर्मचारी थप सतर्क भएका छन्।

नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अस्पतालले कन्ट्र्याक ट्रेसिङ सुरु गरिसकेको गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *