Type to search

मुख्य समाचार

नेपालमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि

Share

१६ वैशाख / नेपालमा थप दुई जनामा दुई कोरोना संक्रमित थपिएका छन् । रौतहटका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट आएका उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए ।रिपोर्ट पोजेटिभ आएका मध्ये देवाही बोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष छन् भने अर्को वृन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुष हुन् ।

लकडाउका बेला लुकिछिपी उनीहरु नेपालको घर आएपछि क्वारेन्टाइनमा राखिएको थियो । नेपाल कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *