Type to search

मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ६८२

Share

काठमाडौं, जेठ १२ । नेपालमा सोमबार थप ७८ जनामा कोरोना संक्रमण देखिएको छ । अछाममापहिलो पटक संक्रमित देखिएका छन् ।संक्रमित फेला परेका अन्य जिल्लाहरुमा कपिलवस्तु, रौतहट, सप्तरी, धनुषा, बारा, बाँके, बर्दिया, दैलेख र काठमाडौं रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटमा २६, बारामा २५, धनुषा, कपिलवस्तु र काठमाडौंमा तीन/तीनजनामा संक्रमण देखिएको बताए ।

यस्तै, बाँके र बर्दियामा चार/चारजना, दैलेखमा सात, सप्तरीमा दुई र अछाममा एक गरी कुल ६८२ जनामा संक्रमण भेटिएको हो ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि पनि मन्त्रालयले गरेको छ ।

जेठ २ गते अस्पताल भर्ना भएका उनको ४ गते नै मृत्यु भएको थियो । क्षयरोगका समेत बिरामी रहेका उक्त वृद्धको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, वीरगन्जको नारायणी अस्पतालबाटै १८ जना कोरोनामुक्त भइ ‘डिस्चार्ज’ भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *