Type to search

मुख्य समाचार

थप ५३ जनामा कोरोना संक्रमण, संक्रमित ३ सय ५७ पुगे

Share

काठमाडौँ, ५ जेठ । नेपालमा सोमबार एकैदिन थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा ४७ जना र अन्य जिल्लाका ६ जना रहेका छन् ।

बाँकेका ४६ जना पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जनाएका छन् ।त्यस्तै, मोरङमा र गुल्मीका एक एक जना पुरुष, धुलिखेलको प्रयोगशालामा रौतहट, धादिङ र अन्य गरी ४ जना गरी सोमबार थप ५३ जनामा नयाँ संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ । कोरोनाका कारण नेपालमा २ जनाले ज्यान गुमाएका छन् भने ३६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *