Type to search

मुख्य समाचार

तराईमा घट्दै, पहाडमा बढ्दै कोरोना संक्रमित थप सामग्री

Share

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये धेरैजसो पहाडी जिल्लाका छन्। सबैभन्दा बढी काठमाडौंमा एक हजार १३९ र कास्कीमा ५०० संक्रमित थपिएका छन्। 

कोभिड-१९ दोस्रो लहरको शुरुआतमा सुदूरपश्चिम र लुम्बिनीका भारतसँग जोडिएका सीमानाका भएका जिल्लामा संक्रमितको संख्या बढेको थियो। पछिल्लो तथ्यांकअनुसार तराईका कञ्चनपुर-कैलालीभन्दा पहाडका बैतडी र अछाममा संक्रमित धेरै देखिएका छन्। कञ्चनपुरमा ४५ र कैलालीमा ३१ संक्रमित थपिँदा बैतडीमा ८६ र अछाममा ६८ संक्रमित थपिएका छन्। जबकी १० दिन अघि २ जेठमा कैलालीमा ५२७ संक्रमित थपिएका थिए भने अछाममा एक र बैतडीमा ५२ संक्रमित थपिएका थिए। 

कर्णाली प्रदेशमा पनि सुर्खेत उपत्याकाभन्दा दैलेख र रुकुम (पश्चिम) संक्रमित थपिने क्रम बढेको देखिएको छ। पछिल्लो २४ घण्टामा सुर्खेतमा १२२, रुकुम (पश्चिम)मा ५१ र दैलेखमा ४७ जनामा संक्रमण देखिएको छ। १० दिन अघि सुर्खेतमा २१५, रुकुम (पश्चिम)मा २४ र दैलेखमा २१ जनामा संक्रमण देखिएको थियो। 

कोरोनाको दोस्रो लहरको शुरुआतमा लुम्बिनीका बाँके, दाङ र रुपन्देहीमा उच्च संक्रमण देखिएको थियो। अहिले तराईका जिल्लामा कतै कम र कतै स्थिर देखिँदा पहाडी जिल्लामा थपिने क्रम बढेको छ। बाँकेमा १९९, दाङमा ५६ रुपन्देहीमा ३४९ संक्रमित थपिएका छन् भने पहाडी जिल्ला गुल्मीमा ९४, पाल्पामा ६९ र रोल्पामा ५६ जनामा संक्रमण देखिएको छ। १० दिन अघि २ जेठमा गुल्मीमा ५४, पाल्पामा ७७ र रोल्पामा ७ जनामा संक्रमण देखिएको थियो। 

दुई साता अघि अन्य प्रदेशको तुलनामा थोरै संक्रमित थपिने गरेको गण्डकीमा अहिले बढेको देखिएको छ। पछिल्लो २४ घण्टामा उक हजार १५९ संक्रमित थपिएका छन् जनबी १० दिन अघि २ जेठमा २९३ संक्रमित थपिएका थिए। त्यतिबेला कास्कीमा संक्रमितको संख्या दोहोरो अंकले थपिएको थियो भने अहिले गोर्खा, तनहुँ, लमजुङ र मनाङमा समेत संक्रमित थपिने क्रममा बढेको छ। 

पछिल्लो २४ घण्टामा कास्कीमा ५००, गोर्खामा २६६, तनहुँमा १४५, लमजुङमा १०७ र मनाङमा ७६ संक्रमित थपिएका छन्। १० दिन अघि २ जेठमा कास्कीमा १७०, गोर्खामा २३, तनहुँमा २२ र लमजुङमा ५ जनामा संक्रमण देखिएको थियो भने मनाङमा देखिएको थिएन। 

बागमती प्रदेशमा पनि काठमाडौं उपत्यकामा कम हुँदै गएको भए पनि अन्य जिल्लामा संक्रमण बढ्दै गएको देखिएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जनामा संक्रमण देखिएको छ भने सिन्धुपाल्चोकमा ३४२, सिन्धुलीमा १२९, मकवानपुरमा १०१ र धादिङमा ११९ जनामा संक्रमण देखिएको छ। १० दिनअघि काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण देखिएको थियो भने सिन्धुपाल्चोकमा ८५, सिन्धुलीमा ६३, मकवानपुरमा १७ र धादिङमा ५१ जनामा कोरोना देखिएको थियो। 

प्रदेश २ मा संक्रमितको संख्या घट्दै गएको देखिएको छ। पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिएका छन् भने १० दिन अघि २ जेठमा ५९६ संक्रमित थपिएका थिए। 

प्रदेश १ मा भने तराईका जिल्लासँगै पहाडी जिल्लामा पनि संक्रमित थपिँदै गएका छन्। १० दिन अघि ७४० संक्रमित थपिएका थिए भने अहिले ८७९ संक्रमित थपिएका छन्। दुई साता अघि झापा र मोरङमात्रै संक्रमण बढेको देखिएको थियो भने अहिले झापा, मोरङसँगै सुनसरी, धनकुटा र खोटाङमा पनि संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *