Type to search

मुख्य समाचार

गण्डकी प्रदेशको आजदेखी बजेट अधिवेशन

Share

पोखरा, ११ जेठ/ गण्डकी प्रदेशको आजबाट बजेट अधिवेशन शुरु हुदैछ । कोरोनाका कारण उच्च सर्तकताका साथ पोखरा सभागृहमा बजेट अधिवेशन शुरु हुन लागेको हो ।

दिउँसो १ बजेदेखि सुुरु हुने अधिवेशनमा दुई वटा कुर्सीको अन्तरमा बस्ने व्यवस्था मिलाइएको छ ।

अधिबेशनले आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम, बजेट सहित अन्य विधेकहरुमा छलफल हुनेछ ।

गण्डकी प्रदेश सरकारले अहिले सम्म ३६ वटा विधेयक पास गरि सकेको छ । बजेट अधिवेशनमा गण्डकी सरकारले थप ९ वटा विधेयक पेश गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *