कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो
Share
काठमाडौँ, १९ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो विज्ञप्तिमार्फत सोमबार मात्रै थप १३ जनासहित २ सय ३९ जना संक्रमित थपिएको जानकारी गराएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पाल्पाका २ जना पुरुष, नवलपरासीका ६ वर्षीय एक बालक, गुल्मीका १ जना पुरुष, कपिलवस्तुका ७ जना पुरुष र रुपन्देहीका ३ वर्षीया १ बालिका र १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप १३ जना ३ वर्षदेखि ५४ वर्ष सम्मका रहेका छन् ।