Type to search

मुख्य समाचार

कोरोना संक्रमितको संख्या २४३ पुग्यो

Share

काठमाडौं, बैशाख ३१ । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ थपिएकाहरुमा १२ जना रुपन्देहीका छन् । जसमा ९ पुरुष र ३ जना महिला छन् ।

यसैगरी कपिलवस्तुका ८ जना पुरुष, पर्साका दुई पुरुष र एक महिला, नवलपरासीका एक पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यसअघि दिउँसो दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *