Type to search

मुख्य समाचार

कोरोना पोजेटिभ देखिएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

Share

काठमाडौँ, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

उनको दिल्लीस्थित सेनाको अस्पतालमा उपचार भइरहेको थियो ।भारतीय सञ्चारमाध्यामहरुले मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको जनाएका छन् ।

सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।

सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।

मुखर्जीका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् , “गह्रौँ हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।”

यसअघि उनको निधनको खबर फैलिएको सत्य नभएको तर आज निधन भएको अभिजितले जनाएका छन् । हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ फेला परेको थिए ।

सन् २०१२ देखि २०१७ सम्म उनी भारतका राष्ट्रपति बनेको बनेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *