Type to search

मुख्य समाचार

कोरोनालाई जित्नेको संख्या १२ पुग्यो

Share

काठमाडौं, वैशाख १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ ।मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’बाट ३९ हजार ६७० जनाको परीक्षण गरिएको र ‘पीसीआर’बाट नौ हजार ६६६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

यस्तै, हाल प्रदेशहरुमा २५ हजार ४४६ जनाको आरडीटी परीक्षण गरिएको भन्दै डा. देवकोटाले प्रदेश नम्बर–५ मा सबैभन्दा बढी सात हजार ९५६ जना ‘क्वारेन्टाइन’मा रहेको र सबैभन्दा कम वाग्मती प्रदेशमा रहेको जानकारी दिए ।

यस्तै, भरतपुरको कोरोना अस्पतालमा उपचारमा रहेका २७ वर्षीय युवक पनि निको भएसँगै कोरोनालाई जित्नेको संख्या १२ पुगेको र अझै ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेको उनले जानकारी दिए ।

गर्मीयाम सुरु भएसँगै औलोको खतरा पनि बढेको भन्दै डा. देवकोटाले क्वारेन्टाइनमा रहेकाहरुमा पनि औलो देखिएको बताए ।

सो अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर समस्या देखिएमात्र अस्पताल आउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *