Type to search

मुख्य समाचार

कोरोनाभाइरसले विश्वभर ११७ नेपालीको मृत्यु, १२ हजार ८११ संक्रमित

Share

कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११७ नेपालीको मृत्यु भएको छ भने १२ हजार ८११ जनामा संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबारसम्म संक्रमित र मृत्यु भएका विश्वभरका नेपालीको विवरण सार्वजनिक गरेको हो । मृत्यु हुनेमा ५० वर्षमाथि उमेर समूहका ५३ प्रतिशत छन् । सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालको मृत्यु भएको छ ।

एनआरएनएका अनुसार यो साता मात्र २१ नेपालीले ज्यान गुमाएका छन् । यो साता संयुक्त अरब इमिरेट्स्ट (युएई) मा नौ, साउदी अरबमा पाँच, बेलायतमा दुई, नेपालमा दुई, अमेरिकामा एक, कतारमा एक र कुवेतमा एक नेपालीको मृत्यु भएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बेलायतपछि युएईमा धेरै नेपालीको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म १८ जना नेपालीको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा १६, साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन, कतार र कुवेतमा १/१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ महिला छन् ।

स्वास्थ्य समितिको तथ्यांक अनुसार मृत्यु हुनेमा २३ प्रतिशत ४० देखी ५० वर्ष र १६ प्रतिशत का छन् । ५० देखि ९१ वर्षका ५३ प्रतिशत छन् । आठ प्रतिशतको उमेर समूह खुलेको छैन् ।

संयोजक डा. सापकोटाका अनुसार नेपाल सहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १० र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ । अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ । संक्रमितमध्ये ४ हजार भन्दा बढी नेपालीहरु निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *