कास्कीमा १९ महिने शिशुमा देखियो
Share
पोखरा, ६ असार । कास्कीको मादी गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका मध्ये एक जना १९ महिने शिशु फेला परेका छन् । जसको ट्राभल हिस्ट्री नै छैन । अर्का ४१ बर्षिया पुरुष हुन् ।
बुवा भारतमा र लक डाउनपछि आमाले गाउँ नछाडिकन १९ महिने शिशुमा कोरोना देखिनुको कारण पत्ता लगाउन गाउँपालिका सक्रिय रहेको छ ।
उनको बुवा र आमा दुवैमा रिपोर्ट नेगेटिभ आएको छ । तर, शिशुमा पोजिटिभ कसरी आयो भन्ने खोजी भइरहेको बताइएको छ । मादी गाउँपालिकाका अर्का कोरोना संक्रमित ४१ वर्षीय पुरुष २२ दिनअघि मुम्बईबाट फर्किएका थिए ।