Type to search

मुख्य समाचार

एकैदिन थप ९० जनामा कोरोना संक्रमण

Share

नेपालमा थप ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षण अनुसार कपिलवस्तुका २६ सहित विभिन्न ठाउँमा गरी ९० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कपिलवस्तुका २६ जना,रौतहटका २२,सुर्खेतका १२ जना,बाँकेका नौ जना,सिरहाका पाँच जना, बाराका तीन जना, महोत्तरी, स्याङ्जा, जुम्ला रअर्घाखाँचीका दुई/दुई जना तथा धनुषा,गुल्मी,अछाम, कैलाली र रुपन्देहीको लुम्बिनी अस्पतालका एक/एक जना संक्रमित भेटिएको जानकारी दिए।

मंगलबार पोजेटिभ देखिएकाहरु दुई वर्षीया एक बालिका, एक महिला र १६ देखि ५५ वर्षसम्मका पुरुष रहेको मन्त्रालयले जनाएको छ। बारामा संक्रमित देखिएका दुई जना जुम्ला स्थायी ठेगाना भएका ३५ र ३६ वर्षीय पुरुष भएको जनाइएको छ।

हालसम्म कुल संक्रमित ७ सय ७२ मध्ये १ सय ५५ जना निको भएका छन् भने चार जनाको मृत्यु भइसकेको छ।

७ सय ७२ जना संक्रमितमध्ये पुरुषको संख्या ६ सय ८८ छ भने महिला ८४ जना छन्। 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *