Type to search

मुख्य समाचार

आज २५६४औं बुद्ध जयन्ती

Share

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा भएकाले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।यो वर्ष भने कोरोनाभाइरसको संक्रम्रणका कारण बुद्ध जयन्तीका अवसरमा हुने औपचारिक कार्यक्रमहरु रोकिएका छन् ।

लुम्बिनी विकास कोषले एकहप्ता अघि नै विज्ञप्ति निकालेर २५६४औं बुद्ध जयन्तीका दिन आज गर्ने तयारी गरिएको बुद्ध जयन्ती मूल समारोह कार्यक्रम तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विगत वर्षमा औपचारिक कार्यक्रम गरिंदै आए पनि यसवर्ष कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको कोषका सदस्य सचिव ज्ञानिन राईले बताए ।

२५६४औं बुद्धजयन्तीको अवसरमा बिहीबार बिहान लुम्बिनीमा भिक्षु तथा भिक्षुणीहरुले मन्त्रोच्चारण गरेका छन् । त्यसैगरी लुम्विनीमा अवस्थित  लिटिल बुद्धको प्रतिमामा पानी चढाइएको थियो । त्यस अवसरमा अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बुद्धजयन्तीको अवसरमा दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

आज साँझ लुम्बिनीमा २५ सय ६४ वटा दिप प्रज्वलन गरिने कोषले जनाएको छ । सरकारले यस वर्ष वुद्धजयन्तीको अवसर पारेर तेस्रो अन्तराष्ट्रिय वुद्ध सम्मेलनको आयोजना गरेको थियो । तर कोरोना महामारीका कारण सरकारले यसअघि नै स्थगीत गरेको थियो ।

विगत वर्षमा जापान, श्रीलंका, थाइल्याण्ड, चीन, भियतनाम लगायतका देशबाट वौद्ध धर्मालम्वीहरु बुद्धजयन्तीको अवसरमा लुम्विनी आउने गरेका थिए । स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने लुम्विनी यस वर्ष भने सुनसान छ ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा थोरै संख्याको उपस्थितिमा मात्र पूजाआजा गरी मनाउन सरकारले आग्रह गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै साँझ दीप प्रज्जवलन गर्न आग्रह गरेका छन् । कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना तथा कोरोनाकै कारण ज्यान गुमाउनेहरुको शान्तिका लागि आज साँझ ७ बजे घरघरमा दिप प्रज्जलन गर्न आग्रह गरेका हुन् । 

बुद्ध जयन्तीका दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *