Type to search

मुख्य समाचार

आज सगरमाथा दिवस

Share

नेपालले विसं २०६४ देखि मनाउन थालेको अन्तर्राष्ट्रिय सगरमाथा दिवस पहिलोपटक सुनसान भएको छ।८,८४८ मिटरको सर्वोच्च शिखरमा मानव पाइला परेको दिन २९ मे, १९५३ को सम्झना र आरोहीको सम्मानका लागि यो दिवस मनाउन थालेको हो।

आज आरोहणको हिसाबले ६७ औं सगरमाथा दिवस तथा १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो।यसपटकको सगरमाथा दिवस पर्यटन मन्त्रालयभित्रै २५ जना भन्दा कमको संख्यामा उपस्थित भएर मनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

पहिलो सगरमाथा आरोहीको तस्वीरमा माल्यार्पण गर्ने, कीर्तिमानी आरोही कामीरिता शेर्पासहितकाे सानो समूहबीच सम्झनाका लागि मात्रै कार्यक्रम मनाइने गरी निर्णय भएकाले पनि सानो आकारमा मात्रै सगरमाथा दिवस मनाइएको घिमिरे बताउँछन्।

अन्तर्राष्ट्रिय स्तरमा परेको कोरोनाको समस्याले गर्दा भव्य र ठूलो कार्यक्रम मनाउन नसकिएकाले सम्झनाका लागि मात्रै सानो कार्यक्रम गरिएको जानकारी विभागका महानिर्देशक घिमिरेले बताए।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाका अनुसार अहिलेको परिस्थिति अनुसार सम्झनाका लागि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीको सम्मान स्वरुप मात्रै सगरमाथा दिवस भएको छ।

सरकारले औपचारिक कार्यक्रम गर्ने देखि निजी क्षेत्रमा उत्साह जगाउने गरी कुनै पनि कार्यक्रम गर्न सक्ने अवस्था बन्दाबन्दी र कोरोनाभाइरस संक्रमणका कारणले नभएको लामा बताउँन्।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा वर्षेनि प्रदान गर्ने गरी घोषणा गरिएको पुरस्कार तथा आरोही सम्मानको काम कोरोना रोकथामपछि गरिने छ । पर्यटन दिवस वा अन्य कुनै समारोहणको अवसर पारेर रु.१ लाखको सगरमाथा राष्ट्रिय पुरस्कार एक जनालाई र रु.५० हजारको तेन्जिङ हिलारी पुरस्कार दुई जनालाई गरी जम्मा रु.२ लाखको धनराशि वितरण गर्ने व्यक्ति छनोटसमेत केही समयलाई पछाडि धकेलिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *