Type to search

मुख्य समाचार

अमेरिकामा मात्रै ६१ हजारभन्दा बढीको मृत्यु

Share

एजेन्सी, बैशाख १८ । अमरिकामा मात्रै विश्वको एक तिहाई कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ । विश्वभर ३२ लाख ३६ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १० लाख ६४ हजार संक्रमित नाघेका हुन् ।

जसमध्ये अमेरिकामा ६१ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वभर भने २ लाख २८ हजार बढी व्यक्तिको मृत्यु भैसकेको छ । संक्रमित मध्ये करिब एक तिहाई भने उपचारपछि निको भई घर फर्किएका छन् । यसरी निको भएर फर्किनेको संख्या भने १० लाख १० हजार रहेको छ ।

अमेरिकापछि बढी मानिसको मृत्यु हुनेमा इटाली रहेको छ । त्यहाँ २७ हजार ६ सयभन्दा बढीको मृत्यु भएको हो । यसैगरी स्पेनलाई उछिन्दै बेलायतमा २६ हजार बढी, स्पेनमा २४ हजार २ सय बढी, फ्रान्समा २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यसैगरी बेल्जियम ७५ सयभन्दा बढी, जर्मनीमा ६४ सयभन्दा बढी, इरानमा ६ हजारभन्दा बढी, ब्राजिल ५५ सयभन्दा बढी, नेदरल्याड्स ४७ सय बढी, टर्की ३ हजार बढी, क्यानडामा ३ हजार व्यक्तिको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *