Type to search

मुख्य समाचार

९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो

Share

काठमाडौं, भदौ १५ । पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् ।

देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको हो ।यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

पछिल्ले २४ घण्टामा ५ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।

हालसम्म २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन् ।हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ ।

देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या २२८ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *