Type to search

मुख्य समाचार

७१ जना पत्रकारमा कोरोना सङ्क्रमण

Share

नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ।

प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन्। तीमध्ये मोरङका १२ र उदयपुरका १ जना रहेका छन्।

त्यस्तै प्रदेश नं २ मा २७ जना पत्रकार सङ्क्रमित भएका छन्। तीमध्ये पर्साका १३ जना, बाराका ४ जना, धनुषाका २ जना, सप्तरीका ३ जना, सर्लाहीका ३ जना, महोत्तरीका १ जना र रौतहटका १ जना रहेका छन्।

वाग्मती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएका छन्। तीमध्ये काठमाडौँका ९ जना र ललितपुरका २ जना रहेका छन्। यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार सङ्क्रमित भएका छन्। तीमध्ये कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन्।

प्रदेश नं ५ मा ११ जना पत्रकार सङ्क्रमति भएका छन्। तीमध्ये बाँकेका २ जना, बर्दियाका १ जना, कपिलवस्तुका ६ जना र रुपन्देहीका २ जना रहेका छन्।

त्यस्तै कर्णाली प्रदेशको दैलेखमा १ जना पत्रकार सङ्क्रमित भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए। उनले सङ्क्रमितमध्ये केही निको भइसकेका र केही उपचाररत अवस्थामा रहेको जानकारी दिए। 

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकार सङ्क्रमणको उच्च जोखिममा रहेका छन्। महासंघले सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरूको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरूको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको उनले बताए। 

महासंघले महामारीको  विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत अपिल गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *