Type to search

मुख्य समाचार

सातै प्रदेश सरकार बजेट सार्वजनिक गरे

Share

असार १, २०७७ काठमाडौं : सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेका छन्।

यो वर्ष सबैभन्दा बढी बागमती प्रदेशले ५१ अर्ब बढीको बजेट ल्याएको छ। सबैभन्दा कम सुदूरपश्चिम सरकारले ३३ अर्बको बजेट ल्याएको छ।  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गरे। चालु खर्चका लागि १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ। यस्तै प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख विनियोजन गरिएको छ।  बजेट खर्च आन्तरिक स्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार छुट्याइएको छ।

यता मुलुकको केन्द्रीय राजधानी समेत रहेको बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ। प्रदेशसभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेटले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको बताए। यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँको बजेट अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरे। प्रदेश ५ सरकारले गत वर्षको भन्दा केही कम आकारको बजेट प्रस्तुत गरेको छ।

अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको प्रदेश ५ ले आगामी आर्थिक बर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएको छ।  प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले उक्त बजेट प्रस्तुत गरेका हुन्। विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणमा ५ अर्ब १४ करोड ५० हजार बजेट विनियोजन गरेको हो। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि  ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा आर्थिक बर्षको बजेट प्रस्तुत गरे। प्रदेश सरकारेले कोभिड १९ बाट मृत्यु हुनेका परिवारलाई १ लाख राहत घोषणा गरेको छ। बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणमा ९ प्रतिशत विनियोजन गरिएको छ।

  यस्तै कर्णाली प्रदेशले एम्बुलेन्स बाहेक अरु गाडी खरिदमा रोक पनि लगाएको छ। यस्तै ‘अनावश्यकरुपमा रहेको अतिथि सत्कार खर्च कटौती पनि गरिएको छ। भने ‘मुख्यमन्त्री, मन्त्री, सचिव र कार्यालय प्रमुखलाई दिइँदै आएको अतिथि खर्च आगामी आर्थिक वर्ष गर्न नपाइने उनले जानकारी दिए। गत वर्ष २८ अर्वको बजेट ल्याएको सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट ल्याएको छ।  प्रदेश सरकारले गत बर्षको भन्दा ५ अर्ब बढीको बजेट ल्याएको हो। प्रदेशका

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुत गरेको बजेटमा जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख विजियोजन गरिएको छ।  प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको बजेटमा पनि उल्लेख्य वृद्धि गरेको छ। बजेटमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब बढी बजेट विनियोजन गरेको जनाएको छ।  प्रदेश सरकारले स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *