Type to search

मुख्य समाचार

संविधान संशोधन प्रस्ताव दर्ता

Share

मन्त्रिपरिषद्ले निर्णय गरेको केही बेरमा नै नयाँ नक्शा अनुसारको निशान छाप परिवर्तन गर्नका लागि संघीय संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन्।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेको पछिल्लो नक्शाअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो ।

पुरानाो निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटेर बुधबार नयाँ नक्शा जारी गरेको थियाे ।

प्रतिनिधि सभाको बैठक आगामी १३ जेठमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *