Type to search

मुख्य समाचार

विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

Share

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।

बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘आजको बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयो,’ श्रेष्ठले भने, ‘जसअनुसार नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालियो। नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता पाउनु उपर्युक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ।’

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *