Type to search

मुख्य समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, नयाँ निर्वाचन २०७८ बैशाख १७ र २७ मा

Share

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ ।वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मिति पनि तोक्नु भएको छ । नयाँ निर्वाचन २०७८ बैशाख १७ र २७ मा दुई चरणमा गर्ने गरी तोकिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गर्नुभएको हो । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको हो ।

संसद विघटन गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’
यसअघि आइतबार विहान मन्त्रिपरिषदको बैठक गरी प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *