Type to search

मुख्य समाचार

रवि लामिछानेलाई ६ दिन हिरासतमा कास्की जिल्ला अदालतले राख्न अनुमति

Share

पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिए लगत्तै पोखरा लगाएत काठमाडौँमा पनि समर्थकहरूले प्रदर्शन गरेका छन्। पोखरामा लामिछानेका समर्थकहरुसंग भने प्रहरीसँग धकेलाधकेल भएको थियो। शान्ति कायम गर्न जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *