Type to search

मुख्य समाचार

महाधिवेशन सुनिश्चितताको माग गर्दै देउवालाई ज्ञापनपत्र

Share

काठमाडौं, २८ साउन । महाधिवेशन सुनिश्चितताको माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले प्रधानमन्त्री एवं सभापति देउवालाई बुढानीलकण्डमा पुगेर ज्ञापनपत्र बुझाएको हो । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई तीनबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

उनीहरुले क्रियाशील सदस्यताको विवाद तत्काल समाधान गर्न माग गर्दै १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । साथै उनीहरुले समायोजनका नाममा कांग्रेस समर्थकलाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सदस्यता छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *