Type to search

मुख्य समाचार

बेलायती राजकुमार फिलिपको निधन

Share

एजेन्सी । बेलायती राजकुमार फिलिपको निधन भएको छ ।फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ ।

फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति हुनुहुन्थ्यो ।महारानीले नै राजकुमार फिलिपको दुःखद निधन भएको बताएको बकिङघम प्यालेसलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

उहाँको बिहान वन्डिसोर क्यास्टलमा निधन भएको हो । लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिप गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना हुनुभएको थियो ।उहाँको निधनप्रति प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप युवाहरुका उत्प्रेरक भएको प्रतिक्रिया दिनुभएको छ ।राजकुमार फिलिप र राजकुमारी एलिजावेथबीच सन् १९४७ मा बिहे भएको थियो ।त्यसको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजाबेथ महारानी बन्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *