Type to search

मुख्य समाचार

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, संक्रमित २२४ जना थपिए

Share

काठमाडौं, साउन १६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार जना मृतक थपिएका छन् ।

मृतकमा पर्साका तीन जना र ललितपुरकी एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

देशभर कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय २४ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको हो ।

हाल ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्केका छन् ।

अहिलेसम्म जम्मा १४ हजार ३ सय ९९ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभर हाल १२ हजार १ सय ११ जना क्वारेन्टिनमा रहेका छन् । हाल ५ हजार २ सय २७ जना आइसोलेसनमा रहेका छन् ।

भोजपुर, संखुवासभा, रसुवा, काभ्रेपलाञ्चोक, मनाङ्ग र मुस्ताङ्ग गरी छ जिल्ला संक्रमणमुक्त हुन सफल भएका छन् ।

यसैबीच, काठमाडौंमा केही दिनदेखि साना -साना सभाहरु भइरहेकाले त्यस्ता सभाहरु नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

काठमाडौंमा संक्रमितहरु दिनानुदिन बढिरहेको भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।

मास्क नलगाउने दुई लाख मानिसलाई कार्वाही गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *